मेलम्चीको पानी तेस्रो पटक वितरण
काठमाडाैं | मंसिर २४, २०७९
काठमाडौंः काठमाडौंमा तेस्रो पटक मेलम्चीको पानी वितरण भएको छ । तर पनि उपत्यकावासीहरू हर्षित छैनन् । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आस उपत्यकावासीले गरेका थिए । मेलम्चीको पानी वितरण भइसकेपनि उपत्यकावासीका सास्ती उस्तै छन् ।
लामो लाइन लागेर सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको सङ्ख्या आज पनि उल्लेख्य देखिन्छ । पानी वितरण सुरु भए पनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरूमा पानी थाप्न बिहानैदेखि मानिसहरूको भीड छ । पानीको समस्या मेलम्चीको पानी भइसक्दासमेत उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखा पर्ने निश्चित छ ।पानीको अभाव खड्की रहने काठमाडौँ उपत्यका यति बेला मेलम्चीको पानी वितरणसँगै राहत महसुस गर्नुपर्ने हो । शुक्रवार खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गर्नुभएको थियो ।
शुभारम्भ कार्यक्रममा उहाँले काठमाडौंवासीलाई अस्थायी रूपमै भए पनि १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको थियो । तर मेलम्चीको पानी काठमाडौं भइसक्दासमेत काठमाडौंवासीले सहजताको अनुभूति गर्न सकेका छैनन् । मेलम्चीको पानी महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिकागली, मध्यपुरथिमी नयाँ पोखरीबाट ३० लाख, कटुन्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगन्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगन्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुने बताइएको छ । तर पनि सार्वजनिक धारोहरूमा पानी थाप्ने मानिसहरूको लाइन कम देखिँदैन । हाल काठमाडौँ उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर भए पनि आपूर्ति करिब १२ करोड लिटर मात्रै रहेको थियो । तर शुक्रवारबाट मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरणसँगै अवस्था केही सहज हुने अनुमान गरिएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

